यह ब्लॉग खोजें

एकदेव अधिकारी लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
एकदेव अधिकारी लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

गुरुवार, 15 अगस्त 2019

अशोक शर्मा भारती की हिन्दी लघुकथा “पन्द्रह अगस्त” का नेपाली अनुवाद अनुवादकर्ताः एकदेव अधिकारी

स्वतन्त्रता
“साहुजी, सुखिया पन्ध्र दिनदेखि ओछ्यानमा थला परेको छ ।” कामदारहरूले जमिन्दारसँग भने ।
जमिन्दार रिसले चुर भएर कुर्लिन थाल्यो, “सुखिया त बिरामी छ ... त्यसको छाउरो त बिरामी छैन होला नि ... जाओ ... त्यो छाउरोलाई ल्याएर उसको बाउको सट्टा खेतको काममा जोतिदेओ ।”
सुखियाको छोरो हरियालाई कामदारहरूले जमिन्दारको आदेश सुनाए । रिसले नाकको पोरा फुलाएर कामदारहरूलाई हेर्दै हरिया चिच्यायो, “के रे ?” उसको आँखा सल्केका गोल झैँ राता थिए ।
“तेरो बाउको सट्टामा ...।” कामदारहरूले भने ।
“किन ...?” हरियाका आँखाबाट मानौँ आगोको ज्वाला निस्कँदै थियो ।
“किनकि तेरो बाउ जमिन्दारको घरको कमारो हो...।” कामदारहरूले उसलाई खाउँला झैँ गरेर हेर्न थाले ।
“जाओ..., गएर तिमीहरूको जमिन्दारसँग भनिदेऊ कि उसको कमारो सुखिया हो... हरिया होइन... अनि कहिल्यै हुँदैन पनि ।” हरिया हातको लाठी उचाल्दै गर्जियो । उसका पाखुराका मांशपेशी सलबलाउन थाले ।
गाँउलेहरु एकत्रित भइसकेका थिए।

लघुकथा का हिन्दी पाठ

पन्द्रह अगस्त

“सुखिया पन्द्रह दिनों से बिस्तर पर पड़ा हुआ है मालिकI” कारिंदों ने ज़मींदार से कहाI
ज़मींदार गुस्से से उबलने लगा, “सुखिया बीमार है... उसका लौंडा तो नहीं... जाओ... पकड़ लाओ ससुरे को और जोत दो उसके बाप की जगह खेत मेंI” 
सुखिया के लड़के हरिया को जब कारिंदों ने ज़मींदार का आदेश सुनाया तो वह दहाड़ उठा, 
“क्यों...? खून उसकी आँखों में उतर आयाI 
“तुम्हारे बाप की जगह...I” कारिंदों ने कहाI
“किसलिए...?” हरिया की आँखें अंगारे बरसाने लगींI
“इसलिए कि तुम्हारा बाप ज़मींदार के यहाँ बंधुआ है...I” कारिंदों ने उसे खा जाने वाली निगाहों से देखाI
“जाओ.., जाकर कह देना तुम्हारे ज़मींदार से, उसका बंधुआ सुखिया है... हरिया नहीं... और न कभी होगाI” हरिया लाठी सँभालते हुए गरजने लगाI उसके बाज़ू फड़कने लगेI
गाँव इकठ्ठा हो चुका थाI

रविवार, 14 अप्रैल 2019

लघुकथा | खलील जिब्रान की तीन लघुकथाओं का नेपाली अनुवाद | अनुवादकर्ताः एकदेव अधिकारी जी


Related image

1)
आलोचना – खलील जिब्रान 
खलील जिब्रानको लघुकथा ‘Critics’ को नेपाली अनुवाद

एक रात समुद्रीयात्रामा निक्लेको एक घोडसवार सडक किनारको एक विश्रामगृहमा पुग्यो। उ घोडाबाट ओर्लियो र अरू सबै यात्रुहरू जस्तै मानिसहरू तथा रात प्रति निश्चिन्त हुँदै घोडा विश्रामगृहको द्वार नजिकैको एउटा रूखमा बाँध्यो र विश्रामगृहभित्र पस्यो।

बिहान यात्रु बिउँझेपछि आफ्नो घोडा चोरीएको थाहा पायो। उसलाई आफ्नो घोडा हराएकोमा र चोरीको विचार कुनै मानिसको मनमा आएकोमा दुःख लाग्यो।

त्यसपछि त्यस विश्रामगृहमा बस्ने उसका सहयात्रीहरू उसको नजिक आए र कुरा गर्न थाले।

पहिलो व्यक्तिले भन्यो, “कति बेवकुफ तपाईँ त, घोडालाई तबेलाबाहिर बाँध्नु हुन्छ त?”

अनि दोश्रोले भन्यो, “अझ घोडाको खुट्टा नबाँधी छोड्ने।”

अनि तेश्रोले भन्यो, “पाटे अल्छी र सुस्तहरूले मात्र घोडा राख्छन्।”

यो सबै सुनेपछि त्यो यात्रुलाई आश्चर्य लाग्यो। उसले मुख फोऱ्यो, “मित्रवर, मेरो घोडा चोरी भएको छ त्यसैले तपाईँहरू सबै यहाँ जम्मा भएर मेरै दोष तथा कमजोरीहरू देखाउन हतार गरिरहनु भएको छ। आश्चर्य, यहाँहरूबाट एकै शब्दको गुनासो पनि त्यो चोरको बारेमा निस्केको छैन जसले मेरो घोडा चोऱ्यो।”


2)

खोजी – खलील जिब्रान
खलील जिब्रानको लघुकथा ‘The Quest’ को नेपाली अनुवाद


एक हजार वर्ष पहिले दुई दार्शनिकहरू लेबनानको एक पर्वतमा भेट भएछ

अनि एक दार्शनिकले अर्कोलाई सोध्यो – “कहाँ जाँदै हुनुहुन्छ?”

अनि अर्को दार्शनिकले उत्तर दियो – “म यौवनको झरनाको खोजीमा हिँडीरहेछु जुन मलाइ थाहा छ – यीनै पर्वत, पखेरोहरूमा कतै हुनु पर्छ। मैले पढेको छु कि त्यो झरना सूर्यको दिशातिर बगिरहेको हुनेछ। अनि तपाईँ के खोज्दै हुनुहुन्छ?”

पहिलो दार्शनिकले उत्तर दियो – “म मृत्युको रहस्यको खोजीमा हिँडीरहेछु।”

अनि ती दुवै दार्शनिकलाई लाग्यो कि अर्को चाहिँ ज्ञानमा त्यति पोख्त छैन, अनि उनीहरू एक अर्कासँग वाद-विवाद, घोच-पेच गर्न थाले र अर्कोलाई आध्यात्मिकतामा अन्धो भएको दोषारोपण गर्न थाले।

त्यति बेला जब ती दुवै दार्शनिकहरू एक-अर्कासँग चर्को रूपमा विवाद गर्दै थिए, एक अपरिचित, जसलाई मानिसहरू मूर्ख मान्ने गर्थे, नजिकै आयो र उनीहरूको चर्का-चर्की ध्यान दिएर सुन्न थाल्यो।

त्यसपछि ऊ ती दुवै दार्शनिकहरू भए छेउ आयो र भन्यो – “महाशय, मलाई यस्तो लाग्दैछ कि यहाँहरू दुवै दर्शनशास्त्रको एकै भागको बारेमा कुरा गरिरहनुभएको छ, तर फरक शब्दहरूमा त्यहि कुराहरू अर्कोलाई मनाउन खोज्दै हुनुहुन्छ। तपाईँहरू एकजना यौवनको झरना खोज्दै हुनुहुन्छ भने अर्को मृत्युको रहस्य जान्न चाहनुहुन्छ। तर दुवै एकै कुरा त हो, अनि ती दुवैको वासस्थान तपाईँहरूमै छ।”

अनि त्यो अपरिचित फर्कँदै भन्न थाल्यो – “अलविदा सन्तहरू।” अनि जब ऊ फर्कँदै थियो ऊ सन्तुष्ट मुद्रामा हाँस्दै थियो।

अनि ती दुई दार्शनिकहरूले एकअर्कालाई केहिबेर मौनतापुर्वक नियाले, अनि उनिहरू पनि हाँस्न थाले। अनि एउटाले अर्कोसँग भन्यो – “हिँडनुस, सँगै खोज्न जाउँ।”


3)

उचाइ – खलील जिब्रान 
खलील जिब्रानको लघुकथा ‘Poets’ को नेपाली अनुवाद

चार कविहरू एउटा टेबलमा राखिएको सोमरसको वरिपरि उभीइरहेका थिए।

पहिलो कविले भन्यो – “मेरो तेश्रो आँखाबाट मैले देखिरहेछु यस मदिराको मधुर बासना यहाँ वरपर यसरी घुमिरहेछ मानौँ चराको एक हुल कुनै तिलस्मी जङ्गलमाथि बादलसरी विचरण गरिरहेछ।”

दोश्रो कविले मुख खोल्यो – “मेरो भित्री श्रवण शक्तिबाट मैले गोधुली साँझमा सुनिने चराहरूको मधुर चिरबिर सुनिरहेछु। त्यस सङ्गीतको माधुर्यले मेरो हृदय यसरी कैद गरेको छ जसरी कमलको पत्रभित्र मौरी कैद हुन्छ।”

तेश्रो कविले आफ्ना आँखा बन्द गरेर आफ्ना दुबै हात माथि फैलाउँदै भन्यो – “म तिनीहरूलाइ आफ्ना यी हातहरूले स्पर्श गरिरहेछु। म ती पँखेटाहरू अनुभव गरिरहेछु मानौँ सुतिरहेकी परीहरूको मन्द श्वास मेरा औँलाहरूलाइ स्पर्श गरिरहेछन।”

चौथो कवि नजिकै गयो र कप आफ्नो हातमा लिँदै भन्यो – “दुःखको कुरा मित्रवर! म यहाँहरूले भन्नुभए जस्तो दृष्टि, स्पर्श र श्रवणमा निकै कमजोर छु। म न त यस मदिराको बासना देख्न सक्छु, न यसको मधुर सङ्गीत सुन्न सक्छु, न यसका पँखेटाहरूको स्पर्श गर्न सक्छु। म त यहाँ मात्र मदिरा देख्छु जसलाइ म पिउन चाहन्छु ता कि म मा पनि यहाँहरू जस्तै इन्द्रीय ज्ञानको अङ्कुर फुटोस र यहाँहरूको उचाईमा पुग्न सकुँ।”

अनि उसले त्यो कप उठायो र अन्तिम थोपासमेत नराखेर घट-घट पियो।

ती तीन कविहरू, आश्चर्यचकित हुँदै उसलाई हेरेको हेऱ्यै भए, अनि उनीहरूको आँखामा अतृप्त साथै नरमाइलो किसिमको घृणाको भाव प्रष्ट देख्न सकिन्थ्यो।


Source:
http://nepalpati.com/news/khalil-gibran-three-short-stories/